Wednesday, October 16News That Matters

डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासकाे सूचना पढ्नुहोस्

सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ । अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ ।डीभी भर्न कुनै शुल्क लाग्दैन ।

https:\\dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ । सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ । हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश

दशैमा घरमा हिडेका यात्रु धरानको भानुचौकमा अलपत्र-
धरान / दशैमा घरमा हिडेका यात्रुहरु अहिले धरानको भानुचौकमा अलपत्र परेका छन् । कोशी पहाडी राजमार्ग छुट्ने बस पर्याप्त नभएकै कारण दशै मनाउन घर हिडेका यात्रुहरु पाच घण्टा भन्दा बढी समयदेखि बसको पर्खाइमा हुदा गन्तव्यसम् पुगन नसकी भानुचौकमै अलपत्र परेका हुन् । समयमै गन्तव्यमा पुग्ने भनेर हिडेका यात्रुहरु यसरी अलपत्र पर्दा समेत सम्बन्धित निकाय गम्भीर नभएकोप्रति सर्वसाधारण यात्रुहरु आक्रोसित समेत बनेका छन् । विशेष गरी विभिन्न स्थानमा रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट दशै मनाउन आएका मात्र हैन, साना बालबालिकादेखि बृद्धाबृद्धासम्म यसरी यात्रुवाहक बसको पर्खाइमा रहेका हुन् ।

धनकुटाको सिंधुवा दशै मनाउन हिडेकी देवी काफ्लेले दुई घण्टा भन्दा बढी बस र्पिर्खएर बस्दा पनि बस पाउन नसकिएको बताउनुभयो । काठमाण्डौबाट विहान धरान आइपुग्नु भएकी उहाले घण्टौ बस पर्खिदा पनि बस नआएको गुनासो पोख्नुभयो । देवी काफ्ले मात्र हैन बसको पर्खाइमा बृद्धबृद्धा समेत रहेका छन् । धनकुटा डाडागाउका ८० बर्षीय जुद्धबहादुर थापाले समेत घण्टौदेखि बसको प्रतीक्षामा बसे पनि बस नआएको गुनासो पोख्नुभयो । मोरङ्गको हसन्दहबाट धनकुटा डाडागाउ हिड्नु भएका उहालाई समेत दशैका समयमा प्रर्याप्त बस नपाउनु विडम्बना भएको बताउनुभयो ।

यता यातायात व्यवसायी तथा मजदुर संगठनहरुले भने यात्रुको चापलाई मध्यनजर गरी बस थप्ने प्रयासमा लागेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले तीनदिनदेखि यात्रुहरुको चाप अत्याधिक बढेपछि मजदुर संगठनको ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाका अनुसार प्रा.लि.मा दर्तामा भएका कोशी पहाडी क्षेत्र जाने ८७ वटा यात्रुवाहक बस भए पनि विहानै सबै सवारी साधन पहाडतिर गएका कारण यो समस्या आएको बताउनुभयो । उहाले बस थप्ने विषयमा यातायात व्यवसायी, मजदुरहरुसंग समन्वय गरी छलफल भइरहेको बताउदै त्यतिन्जेलसम्मका लागि यात्रुलाई कुन अप्ठेरो नरोस भने हेल्प डेक्स राखिएको बताउनुभयो ।

यता ट्राफिक प्रहरी पनि यस विषयमा सम्बेदनशील रहेको छ । जिल्ला ट्राििफक प्रहरी कार्यालय धरानका प्रमुख रञ्जन कोइरालाले धरानमा रहेको यात्रुहरुको चापलाई मध्यनजर गरी विभिन्न सरोकारवालासंग समन्वय गरेर समस्या समाधान गर्नेतर्फ ट्रफिक प्रहरी समेत गम्भीर भएको बताउनुभयो ।

यो समस्या पूर्व पश्चिम राजमार्गमा भने छैन । पहाडी क्षेत्रमा लगातारको बर्षादका कारण बाटो विग्रिएर सवारी साधन अवरुद्ध हुदा समस्या भएको यातायात व्यवसायीहरु बताउछन् । यस्तै विगतमा ३० मिनेटको समयमा एउटा बस छुटने भए पनि अहिल यात्रुको चाप अत्याधिक भएका कारण १० मिनेट, ५ मिनटमा यात्रुवाहक बस भरिएर जाने भएकाल पनि विहानै सबै यात्रुवाहक बस कोशी राजमार्गको धनकुटा, हिले, लेगुव, सिंधुवा, तेह्रथुमका बसन्तपुर, लसुने, सदरमुकाम तेह्रथुम, संखुवासभा, भोजपुर गाइसकेको र बाटोका कारण फर्किन कठिनाइ भएकोले यो समस्या आएको यातायात मजदुर तथा व्यवसायीहरुको भनाई छ ।

सरकाले केही समय अगाडि सिण्डिकेट हटाएर सबैलाई प्रा.लि.मा लगेपछि यो समस्या आएको उनीहरुको भनाई छ । निजी क्षेत्रमा हस्तक्षेप गर्ने तर व्यवस्थापन नगर्ने प्रवृत्तिका कारण अहिलेको समस्या आएको उनीहरु बताउछन ।