Wednesday, October 16News That Matters

निधारमा टिका हातमा पासपोर्ट, टिकट र गहभरी आशु बोकेर दशैको मुखमा विदेश जानु पर्दा धरधरी रोए नेपाली (भिडियो)

दशैंले छोपिसक्यो। राजधानीका सडक खाली हुँदै छन्। राजधानीका प्रत्येक नाकामा दशैं मनाउन गाउँ जानेको भिड थामिनसक्नु छ। विदेसबाट स्वदेस फर्कनेको संङ्ख्या पनि उस्तै छ। त्यो भीड भन्दा अलग एउटा छुट्टै जमात छ। जो दशैंकै मुखमा रोजगारीका लागि विदेश जाँदै छन्। निधारमा टिका हातमा पासपोर्ट, टिकट र गहभरी आशु बोकेर बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष छिर्ने सवैको उस्तै–उस्तै बध्यता छन्।

कसैलाई कम्पनीले यही समयमा रिटर्न टिकट पठायो, कोही यही समयमा कलेज पुग्नुपर्ने त कसैलाई मेनपावरले यही समयमा जाने उर्दी दियो। एयरपोर्टको प्रस्थान कक्ष छिनै लाग्दा हामीले उनीहरुलाई सोधेका छौ। दसैको मुखमा किन विदेश जान लाग्नु भयो?

यो पनि पढ्नुहोस : सीमा नाका बन्द हुँदा समस्या

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो ।

भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

दशैँको मुखमा सीमा नाका बन्द हुँदा नेपालीलाई भने समस्या परेको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा भारतीय बजारबाट ल्याएर सामग्री बिक्री गर्ने गरिएको भए पनि सीमा नाका बन्द हुँदा समस्या भएको दशरथचन्द नगरपालिका– १ का देवदत्त भट्टले जानकारी दिनुभयो ।

नेपाली बजारमा प्याजलगायतका तरकारीको पनि अभाव भएकाले सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर ल्याउने गरिएकामा तीन दिनका लागि सीमा नाका बन्द हुँदा समस्या भएको उहाँले बताउनुभयो ।

यस्तै दशैँका लागि घर फर्कने नागरिकलाई सीमा नाकामा समस्या भएको छ । यस्तै बैतडीका विभिन्न स्थानमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई पनि समस्या भएको छ । चुनावका कारण सीमा नाका बन्द हुँदा समस्या भएको हो ।

बिरामी तथा आकस्मिक नाका खोल्नुपरे दुई देशबीचको आपसी समन्वयमा नाका खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । हिजो बेलुका ५ः१५ बजेदेखि बन्द भएको पुल भोलि बेलुका ५ः१५ पछि खुल्ने बताइएको छ ।