Wednesday, October 16News That Matters

दसैंमा सडकको बिजोग, दसैं मनाउन हिँडेका सर्वसाधरण लाई समस्या

उदयपुर, १८ असाेज : सामान्य मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएका उदयपुरका ग्रामीण सडकमा सर्वसाधरणले सास्ती भोग्नु परेको छ। असार २८ गतेको भारी वर्षा र पहिरोले भत्किएका ग्रामीण सडक स्थानीय सरकारले मर्मत सम्भार गरे पछि सञ्चालनमा ल्याइएको थियो। तर सञ्चालन पछि लगातार तीन दिनसम्म परेको पानीले सडक पुनः उस्तै बनेको छ।

ग्रामीणभेगका अधिकांश सडकहरु वर्षासँगै झरेको पहिरोका कारण सञ्चालनमा आउन सकेका छैनन्। स्थानीय तहले ती सडकमा यातायात सूचारुगर्न प्रयास जारी राखे पनि निकै कठिनाइ भएको बताएका छन्। सडक अवरुद्ध भएपछि दसैंका लागि आवत-जावत गर्न खाद्यन्न ढुवानीमा समस्या भएको सर्वसाधरणले बताएका छन्।

पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका, त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका पहाडी भुभागका सडक पनि ठाँउ–ठाउँमा पहिरो गएर बिग्रिएका छन्। सडक अवरुद्ध हुँदा एकातर्फ दसैं मनाउन हिँडेका सर्वसाधरण लाई समस्या भएको छ भने अर्कोतर्फ सहजरुपले खाद्यान्न ढुवानी नहुँदा चाडवाडमा खानपिनमा समस्या देखिएको उदयपुरगढी गाउँपालिकाका मकरसिंह मगरले बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।