Wednesday, October 16News That Matters

दुवै मृगौला फेल भएका विष्णुको चित्कार, म बाँच्न चाहान्छु सक्नेले आर्थिक सम्भव नभए सेयर गरिदिनुस्

काठमाडौ । विगत १२ बर्षदेखि जीवन र मृत्युसंग लड्दैआइरहनु भएका ३५ बर्षिय विष्णु प्रसाद पौडेलको अहिले बुटवलमा उपचार भैरहेको छ । बाग्लुङ जिल्ला वरेङ गाउपालिका ३ वाटाकाचौर निवासी बिष्णुका दुवै मृगौला फेल भएका छन् । उहाँले आफु उपचार पाए बाँच्न सक्ने चिकित्सकले बताएका कारण जीवन रक्षाका लागि सबैसँग अपिल गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ । प्राविधिक रुपमा सहयोग गर्न सक्ने आर्थिक सहयोग गरिदिनुहोला । सम्भव नभए सहयोगी मनसम्म पुर्याउन सक्दो सेयर गरिदिनुहोला । म बाँच्न चाहान्छु

यो अपिलसँगै दुबै मृर्गौला पिडित विष्णु प्रसाद पौडेललाई जापानबाट आर्थिक सहयोग मिलेको छ । सामाजिक अभियान्ता गोविन्द क्षेत्रीको अगुवाइमा पौडेलको उपचारको लागी जापानदेखी रु २ लाख बयालिस हजार दश रुपैया संकलन गरेर समाजसेवी केशर गिरीको हातमा हस्तान्तरण गरी नेपाल पठाइएको हो ।

विगत १२ बर्षदेखि जीवन र मृत्युसंग लड्दैआइरहनु भएका बाग्लुङ जिल्ला वरेङ गाउपालिका ३ वाटाकाचौर निवासी ३५ बर्षिय दुवै मृगौला पिडित विष्णु प्रसाद पौडेलको अहिले बुटवलमा उपचार भैरहेको छ । उहाँलाई नयाँ जीवन दिनको लागी विगत लामो समयदेखि सामाजिक सेवामा लागि पर्नु भएका गोविन्द क्षेत्रीको अगुवाइमा जापान लगायत विश्व भरबाट आर्थिक रकम संकलन गरि नेपाल पठाइएको जापनबाट अर्जुन क्षेत्रीले कालिक एफ एमलाई जानकारी दिनु भएको छ ।

उपचारका लागि आर्थिक रकम हस्तान्तरण गर्दै सामाजिक अभियान्ता गोविन्द क्षेत्रीले सहयोग गर्ने सम्पुर्ण सहयोगीदातालाई धन्यावाद दिनु भएकोछ । साथै अभियान्ता क्षेत्रीले यस अघि पनि आफ्नै अगुवाईमा क्यान्सर पिडित मुना खनाल खत्री बचाउ अभियानमा २ लाख २ हजार ३ सय ३३ रुपैया, मृर्गौला पिडित मोहन थापा बचाउमा ४ लाख ७१ हजार ९ सय ९९ सय रुपैया, मृगौला पिडित नरबहादुर बचाउ अभियानमा १ लाख १८ हजार रुपैया,भृकुटि माविको प्लस टु स्थापना अभियानमा १२ लाख ४५ हजार १ सय ७६ रुपैया सहयोग प्रर्दान गरेको जानकारी दिदै निरन्तर रुपमा आफु सामाजिक कार्यमा नै लागीरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।