Monday, August 19News That Matters

नेपालकै होची २ फिटकी २५ बर्षीय गीताले यति मिठो गित गाईन, अपाङ्ग भनेर नहेप्नु भन्दै भाबुक भईन

स्वयम्भु नजिकैको व्यस्त सडकमा पैदल हिँड्नेदेखि सामान किनबेच गर्नेसम्मको घुईंचो छ । यही व्यस्त सडकको एक छेउमा स्याङ्जाकी गीता भुषाल पनि हुनुहुन्छ । शारिरीक रुपमा अशक्त उहाँले बिभिन्न प्रकारका खेलौना तथा उपहारका सामानहरु बेच्नको लागि राख्नुभएको छ ।

त्यहाँ बेच्न राखिएका सबै सामानहरु उहाँ आफैंले बनाउनुभएको हो । हातले बनाएका खेलौना, पर्स र क्यापहरु बेच्न राखिएका छन् । ऊनबाट बनाइएका यी सामानहरु हेर्दै किनौं किनौं जस्तो लाग्छ । गीता यसरी नै आफैंले बनाएका सामान बेचेर आयआर्जन गर्नुहुन्छ ।

उहाँलाई लाग्छ, मान्छेको दिमाग मात्र चले पनि मागेर खानु पर्दैन । उहाँ ह्विलचियरको सहायताले हिँडडुल गर्नुहुन्छ । ‘जन्मदै खुट्टामा समस्या थियो रे’, उहाँले भन्नुभयो, ‘दुबै खुट्टा धेरै छोटा भएकाले हिँड्न मिल्दैन, यही ह्विलचियरले सघाएको छ ।’ उहाँलाई ह्विलचिएर चलाउन पनि अरुकै सहायता चाहिन्छ ।

उहासंग हामीले रमाइलो कुराकानी गरेको भिडियो तल हेर्नु होला ।