Monday, August 19News That Matters

अन्ततः काश्मिर बिषयलाई लिएर झनै ठुलो तनाव बढ्दै, लद्दाख सीमामा पाकिस्तानले तैनाथ गर्यो आफ्नो लडाकु विमान

जम्मू–काश्मिरलाई लिइएको विशेषाधिकार हटाइएपछि भारत र पाकिस्तानबीच तनाव चर्किदै गइरहेको हो । यसैबीच, पाकिस्तानी वायुसेनाले लद्दाखको सीमा नजिकै आफ्नो लडाकु विमान तैनाथ गरेको खबरले यतिबेला भारतीय सञ्चारमाध्यम तातेका छन् । पाकिस्तानमा बसेको सरकारी पक्षको बैठकमा प्रधानमन्त्री इमरान खानले पटक पटक कुरा उठाएका थिए | यसरी हामि चुप लागेर बस्नु हुँदैन भन्दै प्रधानमन्त्री खानले भनेको दुइ दिन नबित्दै सरकारी फौज उक्त क्षेत्रमा खटाइएको बुझिएको छ |

भातिबेला भारतीय संचार माध्यमहरु सोहि बिषयलाई लिएर छिन छिनमा खबर प्रशारण गरिरहेका छन् | टाइम्स अफ इन्डियाका अनुसार, भारत प्रशासित क्षेत्र लद्दाखको सीमा नजिकै पाकिस्तानले आफ्नो लडाकू विमान स्कार्दू हवाई अड्डामा तैथान गर्न गइरहेको छ भन्दै उक्त मिडियाले निकै जोशिलो पारामा खबर सम्प्रेषण गरिरहेको छ |

यसलाई लिएर भारतीय सेना र इन्टेलीजेन्स एजेन्सी चनाखो भएर बसकको भनेर खबर प्राप्त भैरहेका छन् | पाकिस्तान वायुसेनाको तीन ‘सी–१३०’ लडाकु विमान लद्दाखसँगको सीमा नजिकै स्कार्दू विमानस्थलमा तैनाथ गरिएको छ र यस जानकारी पाएपछि सम्बन्धि भारतीय एजेन्सीहरु सीमावर्ती क्षेत्रमा पाकिस्तानीहरुको आजातजावतमाथि कडा निगरानी गरिरहिएको एक सरकारी सुत्रले समाचार एजेन्सी एएनआईलाई भनेको छ ।

स्कर्दू हवाई अड्डामा पाकिस्तानले आफ्नो जेएएफ–१७ लडाकु विमान तैनाथ गर्न सक्ने आशंका भारतीय सञ्चारमाध्यमले गरिरहेका छन् । यद्यपि, एक सुत्रको अनुसार, पाकिस्तानले आफ्नो वायुसेना र सैनिकलाई युद्धाभ्यास गराउने योजना बनाइरहेको छ । यद्यपि, लद्दाख सीमामा लडाकु विमान तैनाथ गरिने भारतको दावी बारे पाकिस्तानले अहिलेसम्म आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन ।