Monday, August 19News That Matters

‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सोमबार सार्वजनिक भएको हो ।यस गीतमा संगीतकार एवम गायक कालीप्रसाद बास्कोटाको स्वर रहेको छ ।

यस गीतको भिडियोमा गायक कालीप्रसाद बास्कोटा र अनुपम शर्मालाई र्यापरको भूमिका निभाएका छन् । गीतको भिडियोलाई बिजु कर्मचारीले निर्देशन गरेका छन। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा भने याहांग राई , उपासना सिंह ठकुरी , विजय बराल , कर्मा शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ