Monday, August 19News That Matters

क्रिकेट रंगशाला बनाउन गायक शिव परियारको पनि सहयोग

धुर्मुस सुत्नाली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि देश विदेशबाट सहयोग जुटिरहेको छ । नेपाली क्रिकेटको विकास चाहने सबैले देश बिदेसबाट सानो ठुलो अभियान गरिरहेका छन् । नेपाली क्रिकेटको लागि निकै मह अभियानका रुपमा हेरिएको धुर्मुस सुन्तलीको यो कदमलाई देशकै ठुलो परिकल्पनाको रुपमा लिइएको छ । सरकारले समेत रंगशाला बनाउन नसकेको अवस्थामा निजि स्तरबाट अन्तर्राष्ट्रिय मापदण्डको बृहत क्रिकेट रंगशालाको परिकल्पना गर्नु चानचुने कुरा भने होइन । यसै क्रममा धुर्मुस सुत्नाली फाउन्डेसनलाई यो अभियानमा कलाकारहरुले समेत साथ लिइरहेका छन् । यसै क्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक शिव परियारलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा साथ दिने भएका छन् । जिन कुरा सिताराम कट्टेलले फेसबुकमार्फत जानकारी गराएका छन् । हेर्नुस

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक शिव परियारलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानको अभियान्ताको रुपमा पाउँदा हामी निकै हर्षित छौं । साथै उहाँले हाम्रो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै गर्दा यस परियोजनाका लागि ५० हजार रुपैंया आफ्नो तर्फबाट सहयोग दिने समेत घोषणा गरिरहँदा साँच्चै हामी नतमष्तक छौं । गायक शिव परियारलाई यस अभियानमा जोडिनुभएकोमा हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।