Wednesday, October 16News That Matters

आफैंले बोकेको बन्दुक पड्किएर जवानको मृत्यु

धनकुटा — नेपाली सेनाका एक जवानको आफैंले बोकेको बन्दुक (एम १६) पडि्कएर मृत्यु भएको छ । उक्त घटनामा धनकुटाको सल्लेरीस्थित सेनाको वरख गणमा कार्यरत ३५ वर्षीय चेतराज जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ड्युटीमा रहेको बेला शनिबार राति ८:५० बजे गोली लाग्दा गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। डोटीको भूमिराजमाण्डु घर भएका जैसीको छातीमा एक गोली लागेको जनाइएको छ।

घटनाको प्रकृति र लास जाँच मुचुल्काबाट जैसी आफैंले गोली चलाएर आत्माहत्या गरेको प्रहरीको अनुमान छ। जैसीले घटना हुनु केही समय पहिले साथीसँग ऋणका कारण आफू चरम तनावमा रहेको बताएको स्रोतले जनाएको छ।
विवाहित जैसीकी पत्नी धनकुटामा रहेको र उनी अचेत छिन्। पोस्टमार्टमपछि जोसीको लास आफन्तलाई जिम्मा लगाइएको छ। कान्तिपुरदैनिक बाट