Monday, September 23News That Matters

पुडासैनीकी प्रेमिका भन्ने अस्मिता पहिलोपटक मिडियामा आएर भनिन्, “सालिकरामले मलाई धेरै यातना दिए, केटि भेट्न कोठा भाडामा लिएको मलाई थाह छैन” (भिडियो)

चितवन – हरी हिरासतवाट वाहिर निस्किएकी अस्मिता कार्की रुकु सञ्चारकर्मीले घेरेर प्रश्न सोध्दा बोल्नै सकिनन् ।हिरासतमा रहँदा पनि सर्वसाधारणवाट समेत न्याय नपाएकी २१ वर्षीया यि युवती हतास भने देखिएकी थिइनन् । सोमवार अस्मितालाई अदालतले साधारण तारेखमा रिहा गरेको हो ।

हिरासतवाट बाहिर निस्किएपछि सञ्चारकर्मीले तपाईको मनमा के चलिरहेको छ के भन्न चाहनुहुन्छ ? भनेर प्रश्न गर्दा उनी नाजवाफ भइन् । उनले टाउको हल्लाएर केही बोल्न सक्दिन भनिन् । उनीसंगै रहेकी सहयोगीले अस्मिताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

उनले साधारण तारेखमा अदालतले छोडेका कारण अस्मिता दोशी हो की होइन भन्ने कुरा सबैले बुझ्न सक्ने बताइन् । उनले अस्मिताको चरित्र ह* त्या गर्ने काम भएको भन्दै दुख ब्यक्त गरिन् । शालिकराम पुडाशैनी विवाहित भएको थाहा पाएका कारण अस्मिताले उनलाई छोडेका कारण पीडित भएको बताइन् ।

अस्मिताले रवि लामिछानेलाई आफुले पनि नचिनेको बताइन् । उनले प्रहरीले आफुलाई कुनै दवाव नपारेको हिरासत भित्र पनि प्रहरीले राम्रो ब्यवहार गरेको बताइन् । अस्मिताले शालिकराम लाई फेसवुक मार्फत चिनेको बताइन् । धेरैबेर पछि मात्र बोल्न थालेको उनले आफ्नो पढाई र कामलाई निरन्तरता दिने बताइन् ।