Monday, September 23News That Matters

डाक्टर केसी भन्छन्, “रबि हिरो बनेर आए, उनका समर्थक सडकमा देखेर नेताको सातो उड्यो, अब इमरान बन्नुपर्छ” (भिडियो)

ध्यापक डा सुरेन्द्र केसीले प्रमुख राजनीतिक दलका नेताहरु रवि लामिछानेको लोकप्रियता देखेर हतासिएको टिप्पणी गरेका छन् । सरकार र राजनीतिक दलका मुख्य नेताको शाख गुम्दै गएको बेलामा रवि लामिछानेले सर्वसाधारणका अगाडी आफुलाई अब्बल देखाएर सबैको मन जितेका कारण उनीहरु अत्तालिएको केसीको टिप्पणी छ । एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिँदै केसीले जनताको घरदैलोमा गएर उनीहरुका पीरमर्काका विषयलाई समाचार बनाएर राष्ट्रिय स्तरको टेलिभिजनवाट प्रशारण गरेका कारण रवि लामिछाने सबैको हिरो भएको बताए । राजनीतिक दलका नेता र सरकारका तर्फवाट भएका कमि कमजोरी उनले उजागर गरिदिएका कारण उनीसंग सबै रुष्ट भएको केसीको भनाई छ ।

उनले शालिकराम पुडाशैनीको आ*** त्या नभएर ह *त्या भएको दावी गर्दै राजनीतिक वृत्त यसलाई आ** त्या हो भनेर देखाउन चाहेको उनको तर्क छ । उनले पछिल्लो समय राजनीतिक दल र सरकार प्रति जनतामा असन्तुष्टि, अविश्वास र अनास्था बढ्दै जानु र रवि लामिछाने लोकपृय हुँदै जाँदा उत्पन्न भएको परिस्थितीनै अहिलेको घटना भएको उनको भनाई छ । उनले रवि लामिछानेको लोकप्रियताका कारण आफुहरु ओझेलमा परेका कारण दलका नेताहरु नै यो घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको बताए । उनले नेपाल प्रहरी, सञ्चारमन्त्री र प्रेस काउन्सिलको नाम लिएर यि सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भएको दावी गरे ।