Monday, September 23News That Matters

रबि का समर्थक सडकमा देखेर नेताको सातो उड्यो

ध्यापक डा सुरेन्द्र केसीले प्रमुख राजनीतिक दलका नेताहरु रवि लामिछानेको लोकप्रियता देखेर हतासिएको टिप्पणी गरेका छन् । सरकार र राजनीतिक दलका मुख्य नेताको शाख गुम्दै गएको बेलामा रवि लामिछानेले सर्वसाधारणका अगाडी आफुलाई अब्बल देखाएर सबैको मन जितेका कारण उनीहरु अत्तालिएको केसीको टिप्पणी छ । एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिँदै केसीले जनताको घरदैलोमा गएर उनीहरुका पीरमर्काका विषयलाई समाचार बनाएर राष्ट्रिय स्तरको टेलिभिजनवाट प्रशारण गरेका कारण रवि लामिछाने सबैको हिरो भएको बताए । राजनीतिक दलका नेता र सरकारका तर्फवाट भएका कमि कमजोरी उनले उजागर गरिदिएका कारण उनीसंग सबै रुष्ट भएको केसीको भनाई छ ।

उनले शालिकराम पुडाशैनीको आ*** त्या नभएर ह *त्या भएको दावी गर्दै राजनीतिक वृत्त यसलाई आत्महत्या हो भनेर देखाउन चाहेको उनको तर्क छ । उनले पछिल्लो समय राजनीतिक दल र सरकार प्रति जनतामा असन्तुष्टि, अविश्वास र अनास्था बढ्दै जानु र रवि लामिछाने लोकपृय हुँदै जाँदा उत्पन्न भएको परिस्थितीनै अहिलेको घटना भएको उनको भनाई छ । उनले रवि लामिछानेको लोकप्रियताका कारण आफुहरु ओझेलमा परेका कारण दलका नेताहरु नै यो घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको बताए । उनले नेपाल प्रहरी, सञ्चारमन्त्री र प्रेस काउन्सिलको नाम लिएर यि सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भएको दावी गरे ।