Monday, September 23News That Matters

“देशको प्रधानमन्त्री तपाई नै हुनुपर्छ” -आन्दोलनमा हात भाँचिएर अस्पतालमा रहेकी शोभा (भिडियो हेर्नुहोस)

काठमाडौं । धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आफ्नो समर्थकहरुलाई सम्बोधन गरेका छन् । सोमबार मात्रै सञ्चारकर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भव्य कार्यक्रमकाबीच आफ्नो समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरेका हुन् ।

दिउसोको २ बजे देखि सुरु भएको सभामा रवीका लाखौ समर्थक फुल माला बोकेर रविलाई शुभकामना दिन आएका थिए भने रवि लामिछानेले सम्बोधन गर्दै गर्दा जनताहरु खुशीले तालि र सिठ्ठी बजाउदै समर्थन जनाएका छन् । रवि लामिछानेले देश विदेशमा रहेका जनता र समर्थकहरु लाई धन्यवाद दिए र सधै जनताको आवाज बोल्ने भनेका छन् ।

रवि लामिछानेले सरकार र नेताहरुको कार्य र सोचले गर्दा देश अहिले यो अवस्थामा छ र आफु कहिले पनि राजनीतिमा नआउने र आफ्नो संचारकर्मीको पेशालाई सधै उच्च ठाउमा राखी जनताको आवाज टिभिबाट देखाउने बाचा सम्म गरे । रविले आफ्नो सम्पतिको बारेमा आएको टिप्पणीलाइ लिएर भने: “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ ।”

कार्यक्रममा हजारौंको संख्यामा उपस्थित समर्थकहरुलाई फोहोर नगरिदिन अनुरोध गर्दै सञ्चारकर्मी लाछिानेले भने– ‘कृपय फोहोर नगरिदिनुहोला । फोहोर भएता पनि सफा गरिदिनुहोला । फोहोरको व्यवस्थापन हामी आफै गरौं ।’

अन्त्यमा उनले आफ्नो न्यायको लागि विदेशबाट समेत आवाज उठाएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत सोही मञ्चबाट धन्यबाद दिएका छन् । हजारौंको संख्यामा उपस्थित समर्थकहरुले ‘हाम्रो रवि हाम्रो देश, प्राण भन्दा प्यारो छ, रवि दाई हाई हाई’ लगाएतका नारा लगाएका थिए ।भिडियो हेर्नुहोस…