Monday, September 23News That Matters

विमानास्थलमा विमानको पाङग्रा तारमा अल्झिएपछि भयो आगलागी

एजेन्सी -ल्याण्ड गर्ने बेला विमानको पाङ्ग्रा तारमा अल्झिएपछि दुर्घटना भएको छ । भारतको उत्तर प्रदेशको अलीगढमा मंगलबार बिहान उक्त दुर्घटना भएको हो । पाङग्रा तारमा अल्झिएपछि रनवेमा टेक्ने बेला नै विमानमा आगो लागेको थियो । यद्यपि दुर्घटनामा कुनै मानविय क्षती भने नभएको भारतिय मिडियाले जनाएका छन् । विमान विष्फोट हुनुभन्दा अघि नै दुई पाइलटसमेत विमानमा सवार ६ जनालाई उद्धार गरिएको समाचारमा जनाइएको छ ।

निजी उड्डयन कम्पनीको ट्रेनर विमान मर्मतको लागि दिल्लीबाट अलिगढ लगिएको थियो । अलिगढमा विमानस्थलमा रनवेको निर्माण कार्य भइरहेको बताइएको छ । यही कारण त्यहाँ बिजुलीका तार फैलिएको सोही तारमा विमानको पाङग्रा अल्झिएको बताइएको छ ।

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृ त्यु भएको आशङ्का ः राष्ट्रसङ्घ

जेनेभा – लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृ त्यु भएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृ त्यु भएको आशङ्का गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए । यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराउनुभएको हो । यस बिषयमा विस्तृत विवरण आउन बाँकी छ । चार्लीले भन्नुभयो, “ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन् । यसबारे थप जानकारी पछि गाराइने छ ।”