Monday, September 23News That Matters

पूजाको खुलेको रुप (फोटो फिचर)

काठमाडौं – नायिका पूजा शर्मा हालै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भइन् । पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ रिलिज हुन बाँकी छ ।

फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । उनी अभिनित फिल्म ‘रामकहानी’ युट्युबमा हालै रिलिज भएको थियो । यो फिल्ममा पूजाको जोडी आकाश श्रेष्ठ छन् । फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई कन्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । अहिले भने उनी खासै विवादमा आउँदिनन् फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हामीले सामाजिक सञ्जालमा शेयर गरिएका उनका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ: