Monday, September 23News That Matters

इतिहासकै सवभन्दा ’अनपेक्षित’ एउटा तस्वीर ! देखाइदिए जनताले !

काठमाडौं : चितवनको नारायणी नदी किनारको हजारौँ सहभागी भएको यी फोटोहरु मूलधारका कुनै पनि मिडियामा आएनन्। यो जनसागरलाई सम्बोधन गर्दै गरेका व्यक्ति कुनै नेता हैनन् । यिनी मात्र एक टेलिभिजन प्रस्तोता हुन्। सरकारी हैन, एउटा निजी टेलि भिजनमा हप्तामा तीन पटक एक घण्टा प्रसारण हुने कार्यक्रम सीधा कुरा जनतासँगका सञ्चालक रवि लामिछाने।

अभियोगको आधार कम भएको आदेशपछि ५ लाख धरौटी तिरेर हिरासतमुक्त भएका हुन् तर उनले सफाई पाइसकेका हैनन् । तर पनि एक अभियुक्तको पक्षमा किन यति धेरै जनता उर्लिए ? इतिहासकै सवभन्दा ’अनपेक्षित’ एउटा तस्वीर ! देखाइ दिए जनताले !खासमा यो बढ्दो असन्तुष्टिको प्रतिबिम्ब हो। यसलाई समयमै सम्बोधन गर्न जरुरी छ।

धरौटीमा रिहा भइसकेपछि सञ्चार कर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आफ्नो समर्थकहरुलाई सम्बोधन गरेका छन् । सोमबार मात्रै सञ्चार कर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भव्य कार्यक्रमका बीच आफ्नो समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरेका हुन् ।

दिउसोको २ बजे देखि सुरु भएको सभामा रवीका लाखौ समर्थक फुलमाला बोकेर रविलाई शुभकामना दिन आएका थिए भने रवि लामिछानेले सम्बोधन गर्दै गर्दा जनताहरु खुशीले तालि र सिठ्ठी बजाउदै समर्थन जनाएका छन्। रवि लामिछानेले देश विदेशमा रहेका जनता र समर्थकहरु लाई धन्यवाद दिए र सधै जनताको आवाज बोल्ने भनेका छन् । यसै बिषयसँग सम्बन्धित टेलिभिजन पत्रकारका हस्ती विजयकुमार र प्रेम बानियाले आफ्नो प्रतिक्रिया जनाएका छन् ।

टेलिभिजन पत्रकारका हस्ती विजय कुमारको स्टाटस जस्ताको तेस्तै : आज चितवनमा रबि लामिछानेको धन्यवाद सभाको तस्वीर । सोच्दै छु, ठुलो दललाइ यतिका मान्छे भेला गर्न कति घोडा गाडी र नगदको व्यबस्था गर्नु पर्ने होला ? मूला धार भनिने मिडियाका सबै बहालवाला र हामी भुपु सम्पादक (प्रधान उपसर्ग लागेका समेत) ले सयुक्त आव्हान गरे, यस्को कति प्रतिशत मान्छे भेला हुन्छन होलान ? 🤔

#बोइलर बौद्दिक #जिज्ञाषा #किन ? निश्चय पनि यो ‘किन ? ‘ भन्ने सवाल गहिरो र बहुआयामिक छ। यस्को हलुका र एकहोरो उ्तर दिएर कतै पुगिन्न । म आउदा दिनमा टेलिभिजन वा लेख मार्फत जवाफ दिने प्रयास गर्ने छु।यो सवाल नेपाली मिडिया, बौद्दिक जगत र राजनैतिक नेत्रित्वका लागी पनि चुनौतीपुर्ण छ भन्ने मलाई लाग्छ ।

त्यस्तै प्रेम बानियाको स्टाटस जस्ताको तेस्तै : इतिहासकै सवभन्दा ’अनपेक्षित’ एउटा तस्वीर ! देखाइदिए जनताले ! अक्सर समय सुल्टै हिँड्छ, जनता सुल्टै हिँड्न चाहन्छन् र परिवर्तन पनि। तर जब समयलाई/ जनतालाई/ परिवर्तनलाई झ्यालढोका थुनेर ‘तँ एक पाइला अगाडि नबढ्’ भन्दै तिनको गति रोक्ने काम हुन्छ तब यस्तै उकुसमुकुसहरुबाट यस्तै ‘अनपेक्षित’ तस्वीर सार्वजनिक हुन्छ !

यो पनि न्यायको प्राकृतिक सिद्धान्त हो । २००७ सालयताकै लामो उकुस मुकुसमा छ देश, समयलाई थुन्ने काम भइ रहेको छ, जनतालाई ‘एक पाइला अगाडि नबढाउनू बढाइस् भने …’ भन्ने काम भइरहेको छ र परिवर्तनलाई ‘साङ्लो’ लाएर बाँध्ने हर्कत भइ रहेको छ जसको नेतृत्व हरेक क्षेत्रको तत्तत् वर्तमान नेतृत्वले गर्दै आएको/गरिरहेको छ ।

चरम निराशा छ जनतामा, यतिसम्म कि कसैमा थोरै मात्र आशा देखिए पनि उस्लाई ‘समातेर माला लाइदिनुपर्ने’ अवस्था छ । रबिजीमा जनताले त्यही देखे, माला लाइदिए ! कुलमान घिसिङमा देखे, लाइदिए ! धुर्मश-सुन्तलीमा देखे, लाइदिए ! अरु-अरु पनि …. किनकी जनतामा खुब तिर्खा छ, भोक र प्यास छ कि तिनलाई कोही साँच्चिकै ‘हिरो’ चाहिएको छ, साँच्चिकै परिवर्तन चाहिएको छ !

त्यस्तो ‘हिरो’ जस्ले जनताको पिरमर्का वास्तवमै बुझिदेओस्/सम्वोधन गरिदेओस् ! यस्तै एउटा मान्छे ‘हिरो’ खोज्दै जाँदा आज रबिजीको काँधमा माला परेको हो! जनताले हेर्नेछन्, पर्खिनेछन् रबिलाई र उसको आगामीकर्मलाई ! राम्रो भए त राम्रै भयो नत्र फेरि अर्को मान्छेको खोजी गर्नेछ समाजले । एउटा असल हिरो खोजिरहेछ समाज, जसको तस्वीर गर्वसाथ छातिमा टाँसेर हिँड्न सकियोस् !

यो समाजले एउटा असल हिरोको खोजी गरेको धेरै-धेरै भयो !!!! र, इतिहासकै यो गम्भीर सत्यलाई स्वीकार्न तयार नहुने हो भने सुल्टै हिड्न खोज्दा खोज्दै पनि जनता, समय र परिवर्तनले उल्टो बाटो हिँडिदिनसक्छ । यो असाध्यै गम्भीर र विशेष परिस्थिती हो अनि रबिजी एक पात्र । रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है.. रापिएको फलामलाई त्यतिवेला मात्रै अर्को फलामले हिर्काउनू जतिवेला त्यसको आकार बदल्न सकियोस् । जय स्वाभिमान !