Monday, September 23News That Matters

रवि लामिछानेको ‘क्रेज’ देखेपछि रविको पूर्व पत्नी इशाले भनिन्: ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेप्रति लक्षित गरी पूर्व पत्नी ईशा लामिछानेले व्यंग्य गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा लेखेकी छिन्– ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ रविले आफ्नो समर्थनमा जुटेकाहरुलाई जेलबाट छुटेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्यङ्ग्य गरिन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेका थिए ।

सालिकराम प्रकरणमा हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

यो पनि समाचार एक वर्षदेखि राज्यव्यवस्था तथा सुशासन समितिमा अड्किएको नागरिकता विधेयक तत्काल पारित गर्न सांसदहरूले माग गरेका छन् । बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसद बिन्दा पाण्डे र हृदयश त्रिपाठीले संविधानबमोजिम कसैलाई राज्यविहीन बनाउन नहुने बताए ।

‘संविधानले कसैलाई पनि राज्यविहीन बनाउन हुँदैन भनेको छ । त्यहीअनुसार आएको नागरिकता विधेयक एक वर्षदेखि राज्यव्यवस्था तथा सुशासन समितिमा अड्किएको छ’, सांसद पाण्डेले भनिन्, ‘जसका कारण कयौँ नेपालीका छोराछोरी दैनिक जीवन र आधारभूत आवश्यकता पूरा गर्नबाट वञ्चित भएका छन् ।’

नागरिकता सम्बन्धि विधेयक संसदको यही अधिवेशनबाट पारित गर्नुपर्ने धारणा राखिन् । ‘हरेक नागरिकको पहिचानलाई सुनिश्चितता गर्नुपर्छ । यो विधेयक यही अधिवेशनबाट पारित गरौँ’, उनले भनिन्, ‘पारित गर्न समय लाग्ने हो भने शिक्षा, स्वास्थ्य, पेसा, व्यवसाय र आधारभूत आवश्यकता पूरा गर्न वैकल्पिक व्यवस्थाका लागि संसदबाट निर्देशन गरियोस् ।’ सांसद त्रिपाठीले संविधानअनुसार नागरिकता विधेयक तत्काल पारित गर्न माग गरे ।