Monday, September 23News That Matters

खेलकुद

सुजल श्रेष्ठ बने राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेन

सुजल श्रेष्ठ बने राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेन

मिडफिल्डर सुजल श्रेष्ठले मलेसियाको जोहोर दारुलविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुजललाई कप्तान नियुक्त गरेको हो । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार सुजललाई कप्तान र गोलरक्षक विकेश कुथुलाई उपकप्तानको जिम्मेवारी दिइएको छ नेपाल र मलेसियाको लिग च्याम्पियनबीच भदौ ९ गतेका लागि मैत्रीपूर्ण खेल तय भएको छ । त्यसमा सुजलले कप्तानी गरेपनि त्यो औपचारिक रुपमा राष्ट्रिय टोलीको कप्तानीमा भने गणना हुने छैन । नियमित कप्तान विराजलाई यसपटक आराम दिइएको थियो भने उपकप्तान भरत थाइल्याण्ड र किरण जापानमा रहेका छन् ।विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते पहिलो खेल खेल्नुअघि मलेसियाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मलेसिया जाने टोलीको विदाई राष्ट्रिय ख
अमेरिकाले भिषा नदिएपछि रिसाएका सन्दिपले ३ घन्टामै झुकाए अमेरिकाको एम्बेसिलाइ, बाध्य भएर बोलायो र दियो भिषा

अमेरिकाले भिषा नदिएपछि रिसाएका सन्दिपले ३ घन्टामै झुकाए अमेरिकाको एम्बेसिलाइ, बाध्य भएर बोलायो र दियो भिषा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि भिसा दिएको छ। लामिछानेले भिसाको समस्या ‘हल भएको’ भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिउँसो दिउँसो २:२३ बजे ट्वीट गरेका छन्। बिहान लामिछानेले ट्विटरमा वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालस्थित अमेरिकी राजदूत अनि राजदूतावासलाई पनि मेन्शन गर्दै लामिछानेले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा क्यारेबियन लीग खेल्न जान आफूलाई गाह्रो हुने लेखेका थिए। उनले ट्विटरमा लेखेका थिए, “राष्ट्रिय खेलाडी हुनाको नाताले सन् २०१६ यता आफ्नो देशलाई विश्वभरिका लीगमा प्रतिनिधित्व गर्दैआएको हुनाले मेरो भ
१६० देशका प्रहरीलाई हराउँदै पर्वतका सुवास गुरुङले चुमे दुई स्वर्ण

१६० देशका प्रहरीलाई हराउँदै पर्वतका सुवास गुरुङले चुमे दुई स्वर्ण

महाशीला गाउँपालिका–४ लाम्तुङका सुवास गुरुङले ‘वर्ल्ड पोलिस एण्ड फायर गेम्स’ अन्डर थर्टी उमेर समूहको उपाधि चुमेका छन्। विश्वका १६० देशका प्रहरीहरूको दौड प्रतियोगितामा सुवास प्रथम भएका हुन्। दुई वर्षको अवधिमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड फायर गेम्स’ अन्तर्गत सन् २०१९ को संस्करणमा गुरुङले १० किलोमिटर दूरीको क्रस कन्ट्री दौड र हाफ म्याराथनमा दुई स्वर्ण पदक प्राप्त गरेका हुन्। सुवास तीन वर्षअघि सिङ्गापुर पोलिसमा भर्ती भएका थिए। उनले सिङ्गापुर पोलिसकै तर्पmबाट प्रतियोगितामा भाग लिएका हुन्। २२ वर्षीय सुवासले सिङ्गापुर पोलिसको तर्पmबाट खेलमा सहभागी भए पनि उनको राहदानी नेपाली भएका कारण प्रमाणपत्रमा नेपाल नै उल्लेख गरिएको प्रर्वतका कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठले जानकारी दिए। सुवासले अब अगस्ट १८ मा पाँच किलोमिटर दूरीको दौडमा भाग लिने छन्। यसमा पनि सफल बन्न सके भने उनले सहभागिता
चीन र भारतका खेलाडीलाई पछि पार्दै नेपाली धावक निमेषले जिते स्वर्ण

चीन र भारतका खेलाडीलाई पछि पार्दै नेपाली धावक निमेषले जिते स्वर्ण

काठडमाडौं। चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष गुरुङले दोस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा स्वर्ण जितेका हुन्। उनले भारत र चीनका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका हुन्। भारतका रविन्द्रसिंह रटेउला दोस्रो भए भने चीनका दाइ जुङफेङले तेस्रो स्थान हात पारे। यसअघि निमेषले शुक्रबार हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए। अब उनले अगस्ट १८ मा ट्र्याक एन्ड फिल्ड अन्तर्गत १० हजार मिटर दौडनमा प्रतिस्पर्धा गर्न बाँकी छ। पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो। प्रतियोगितामा ओलम्पिक खेलकुदका जस्तै विभिन्न खेलमा प्रतिस्पर्धा
आफ्नो टोलीलाई जिताएपछि विमल बने ‘म्यान अफ दि म्याच’

आफ्नो टोलीलाई जिताएपछि विमल बने ‘म्यान अफ दि म्याच’

माल्दिभ्सको धिवेही प्रिमियर लिगमा टीसी स्पोर्ट क्लबले जित निकालेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर रहेको टीसी स्पोर्टस क्लबले शुक्रबार राति भएको खेलमा निलान्धो स्पोर्ट्स क्लबलाई २–० गोलले पराजित गरेको हो । माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा भएको उक्त खेलमा टीसीलाई जिताउन नेपाली खेलाडी विमल र इशान इब्राहिमले समान एक–एक गोल गरेका थिए । टीसीले विमलको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले खेलको १२औं मिनेटमा गोल गर्दै टीसीलाई १–० गोलको अग्रता दिलाएका थिए । यस्तै खेलको ४०औं मिनेटमा इशानले गोल गर्दै पहिलो हाफ टीसीलाई २–० को अग्रता दिलाए । तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि विमल सम्मेलित टोली टीसीले सहज जित निकाल्यो । उक्त खेलमा विमल म्यान अफ दि म्याच समेत चुनिएका थिए । अघिल्लो खेलमा पनि विमलले गोल गरेका थिए । यस खेलमा जित निकालेसँगै टीसीले ७ खेलबाट
सन्दिप र सोमपालबीच झन्डै भिडन्त, कारण सुन्दा सबै चकित, यसरी टर्यो झडप

सन्दिप र सोमपालबीच झन्डै भिडन्त, कारण सुन्दा सबै चकित, यसरी टर्यो झडप

काठमाडौं । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भयो । त्यतिमात्र होइन, सिंगापुरमा हार व्यहोरोपछि नेपाली राष्ट्रिय क्रिकेट टोली केही समयका लागि तितरवितर हुने भएको छ । यही क्रममा आइतबार नै नेपाली क्रिकेट टोलीका दुई सदस्य सन्दिप र सोमपाल सिंगापुरबाट क्यानडा लागेका छन् । र, उनीहरुबीच क्यानडा गए लगत्तै झण्डै भिडन्त हुने सम्भावना रहेको थियो । तर, त्यो भिडन्त बालबाल टरेको छ । यी दुईबीच साँच्चिकैको मुक्केवाजी भिडन्त भने हुने होइन । उनीहरु दुबै जना फरक फरक टोलीबाट खेल खेल्न क्यानडा गएका छन् । उनी दुब
नेपाल सिंगापुरसँग ८२ रनले पराजित, टी-ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर

नेपाल सिंगापुरसँग ८२ रनले पराजित, टी-ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं-नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । यो पराजयसँगै नेपालको टी-ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ। आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको हो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो । त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर
कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको ग्लोबल छनोट नजिक!बधाई दिदै एक सेयर गरौ

कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको ग्लोबल छनोट नजिक!बधाई दिदै एक सेयर गरौ

काठमाडौं -: सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा विकेट ३ गुमाएर पूरा गर्‍यो । यस जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ । नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले । खडकाले १ छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाए । त्यसैगरी शदर भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको योगदान गरे । रोहितकुमार पौडेलले ६ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए ‘। कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिए ।नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो’ । कुवेतका लागि कप्तान मोहमद का