Monday, September 23News That Matters

बिज्ञान प्रबिधि

एनटिसीका ग्राहकलाई यस्तो खुशीको खबर

एनटिसीका ग्राहकलाई यस्तो खुशीको खबर

काठमाडौ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई निकै सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ । यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४।५ पैसा लाग्दछ । यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्म
नेपालका १९ वर्षीय तनमयले बनाए चकित : जेट विमानको इन्जिन बनाउदै

नेपालका १९ वर्षीय तनमयले बनाए चकित : जेट विमानको इन्जिन बनाउदै

काठमाडौ । जब मान्छेको सोच र जोश सिर्जनशिल हुन्छ, तब उसले अनेकन असफलतालाई मात दिँदै नयाँ सिर्जना दिन थाल्छ । र नयाँ–नयाँ खोज र आविष्कारको जन्म हुन्छ । त्यही सिर्जनशिल सोचलाई जोशमा परिणत गरेका धनगढी उपमहानगरपालिका–५ तारानगरका १९ वर्षीय तनमय चौधरी कलिलै उमेरदेखि नै एकपछि अर्को नयाँ–नयाँ वैज्ञानिक आविष्कार सिर्जना गर्दै आएका छन् । आफ्नो बाल्यावस्था सुनाउँदै तनमयले भने, ‘कक्षा ६ मा पढ्थें । खेलौनाका रुपमा हेलिकप्टर किनेको थिए । खेल्ने क्रममा त्यसको पार्टपूर्जा झिकेर ड्रोन बनाएर उडाएँ । घरमा पुरानो साइकल थियो, त्यसको पार्टपूर्जालाई नयाँ रुपमा ढाल्दै ब्याट्रीबाट चल्ने बनाएँ । खेल्ने क्रममै रोबोट पनि बनाएको थिए ।’ तनमयको आविष्कारको यात्रा रफ्तारमा गुडिरहेको छ । उनी हालसम्म २० भन्दा बढी नयाँ–नयाँ यन्त्र उपकरणको सिर्जना गरिसकेको बताउँछन् । विज्ञानप्रतिको रूचीले उनलाई मेकानिकल इञ्जिनीयरिङतर्फ ड
नेपालमा उत्पादन हुन् थाल्यो पल्सर मोटरसाइकल, भदौ देखि नेपाली बजारमा आउने !

नेपालमा उत्पादन हुन् थाल्यो पल्सर मोटरसाइकल, भदौ देखि नेपाली बजारमा आउने !

काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआइ भर्सन भदौ १० गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो मोटरसाइकल भारतीय बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ । यो मोटरसाइकल बजाजका लागि नेपालको आधिकारीक वितरक एचएच बजाजले नेपालमा नै उत्पादन गरेको हो । यो मोटरसाइकल बजाजको नवलपरासीमा रहेको प्लान्टमा निर्माण भइरहेको कम्पनीले जनाएको छ । एनएस २०० एबीएससहित एफआई इन्जिनमा आउने छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० उच्च प्रदुषण मापदन्ड अनुसारको हुने छ । हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल नियोन ब्ल्यु, एल्लो र रेडस्टिकर सहित विभिन्न बडी प्यानल र अलोय रिमम आउने कम्पनीले जनाएको छ । यसमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९ हजार ७५० आरपीएममा २३.१७ बीएच
कुलमानले थाले अर्को अभियान, अब तीव्र रुपमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाउदै

कुलमानले थाले अर्को अभियान, अब तीव्र रुपमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाउदै

रमेश लम्साल- सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशवयापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम समावेश छ । सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३०० विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ यस्तै प्रदेश नं ३ सरकारले पनि साझा यातायातसँगको सहकार्यमा नै विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ । चार्जिङ स्टेशनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ
देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिच्यो

देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिच्यो

सुभानु आचार्य, काठमाडौँ, २२ साउन । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराउनुभएको हो । पहिलो पटक नेपाली स्याट–१ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।“आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ”, उहाँले भन्नुभयो, “नेपालमा ‘ग्राउ
अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन , भाडा ३० प्रतिसत सस्तो हुने !

अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन , भाडा ३० प्रतिसत सस्तो हुने !

नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ ।ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ।एसीको सुविधासहितको बस सञ्चालन हुँदा अहिले तोकिएको भन्दा ३० प्रतिशत कम भाडामा सवारी चलाइने थापाको भनाइ छ । विराटनगर, काकडभिट्टा, इटहरी, धरान, दमकलगायतका क्षेत्रमा ७ कठ्ठादेखि ९ कठ्ठासम्म जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर यातायात प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले बताए ।उनका अनुसार पहिलो चरणमा विराटनगर–काकडभिट्टा र विराट
नेपाल टेलिकमको आकर्षक अफर, अब निःशुल्क असीमित कुराकानी !

नेपाल टेलिकमको आकर्षक अफर, अब निःशुल्क असीमित कुराकानी !

काठमाडौ, साउन १७। नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता समूह (Corporate User Group–CUG) योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्नेछन् । यसका लागि एउटै कम्पनी, संस्था वा कार्यालयमा कार्यरत कम्तीमा पनि १० जना मोबाइल प्रयोगकर्ता हुनुपर्छ । सो भन्दा बढी संख्याका मोबाइल प्रयोगकर्ताहरुले पनि यो सुविधा उपभोग गर्न सक्नेछन् । जीएसएमरसीडीएमएका प्रिपेडरपोष्टपेड सबै नम्बरहरु यस सेवामा आबद्ध हुन सकिन्छ । हाल चलिरहेको मोबाइल नम्बर वा नयाँ नम्बर लिएर पनि यस सेवामा आबद्ध हुन सकिन्छ यस योजनामा आबद्ध संस्थागत प्रयोगकर्ताहरुले आफ्नो समूहभित्रका मोबाइल नम्बरहरुमा निःशुल्क असीमित कुराकानी गर्न सक्छन् । त्यसैगरी सीयूजी सेवामा आबद्ध समूहका नम्बर वाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा प्याके
निकै खुशीको खबर : अब विदेशबाट पनि नेपाली मोबाइल मार्फत नेपालमा कल गर्न सकिने, विश्वभर नेपाली सिम चल्ने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

निकै खुशीको खबर : अब विदेशबाट पनि नेपाली मोबाइल मार्फत नेपालमा कल गर्न सकिने, विश्वभर नेपाली सिम चल्ने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ — नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । सुरुआतमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिए । ‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० लाग्ने छ,’ प्रवक्ता वैद्यले भने। त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा
यी हुन् आउँदै गरेका तीन दमदार बाइक

यी हुन् आउँदै गरेका तीन दमदार बाइक

भारतीय बजारमा पछिल्लो समय नयाँ मोटरसाइकल सार्वजनिक हुने क्रम तिब्र रहेको छ । आकर्षक डिजाइन र शक्तिशाली मोटरसाइकल सार्वजनिक गर्न उत्पादकहरुबीच प्रतिस्पर्धा नै चलेको छ । यस्तैमा अबको केही समयमा सार्वजनिक हुने बजाज, केटीएम र टीभीएसका मोटरसाइकल बारे यहाँ उल्लेख गरिएको छ । बजाज पल्सर २५० : बजाज अटोले पल्सर २५० अर्को महिना सार्वजनिक गर्ने भएको छ । केटीएम डुक २५० को इन्जिनमा नयाँ पल्सर २५० आउने कम्पनीले जनाएको छ । केटीएम डुक २५० मा २४८.८ सीसी सिंगल सिलिन्टर लिक्विड कुल्ड इन्जिन रहेको छ । जसले ३० बीएस पावर र २४ एनएम टर्क जेनेरेट गर्छ । बजाजको पल्सर २५० मा बीएस–६ इन्जिन हुने अनुमान गरिएको छ । कम्पनीले नयाँ मोटरसाइकलमा स्ट्यान्डर्ड सुरक्षा विशेषता समावेश गर्ने जनाएको छ । पल्सर २५० ले केही समय अघि सार्वजनिक भएको हिरो एक्सप्लस २०० र रोयर इलफिल्डको हिमालयनसँग प्रतिस्पर्धा गर्ने छ । २५० सीसी इ
४९ हजारमै हिरोको यस्तो शानदार मोटरसाइकल, किन्ने होईन त ?

४९ हजारमै हिरोको यस्तो शानदार मोटरसाइकल, किन्ने होईन त ?

काठमाडौ । अब सायद मोटरसाईकल नभएका युवा कमै हुनेछन् । किनकी सर्वाधिक चर्चित हिरो मोटोकर्पले अहिलेसम्मकै सस्तो मोटरसाईकल बजारमा ल्याएको छ । मात्र ४९ हजार ६७ भारु मूल्यमै पाइने मोटरसाइकल हिरोले लन्च गरेको छ । आफ्नो लोकप्रिय बाइक एचएफ डिलक्सले भारतीय बजारमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम फिचरको साथ नयाँ हिरो बाइक लञ्च गरेको हो । एचएफ डिलक्स कम्पनीले आइथ्रीएस आइडल स्टार्ट स्टप सिष्टम प्रविधिको साथ नयाँ बाइक ल्याएको हो । नयाँ प्रविधिको सहयोगले बाइकको माइलेज बढ्नुको साथै प्रदूषण उत्सर्जनमा कमी ल्याउछ । उक्त कम्पनीले ल्याएको नयाँ बाइकमा आइर्थीएस प्रविधिको बाइक पनि उपलब्ध रहेको छ । एतएफ डिलक्सले लञ्च गरेको बाइकमा आइबीएसको अलावा ठूलो ड्रम ब्रेक दिइएको छ । त्यसकारण ब्रेक लगाउँदा कम दुरीमा नै रोकिने छ । यसमा बाइकको इन्स्ट्रमेन्ट क्लस्टमा पनि परिवर्तन गरिएको छ । आईथ्रीइस प्रविधिको लागि क्लस्टरमा ब्ल