Monday, August 19News That Matters

News

फेसबुक, ट्विटर बन्द हुँदैन, झुटा पोष्ट लाइक र शेयर नगरिदिनुस्

फेसबुक, ट्विटर बन्द हुँदैन, झुटा पोष्ट लाइक र शेयर नगरिदिनुस्

News
काठमाण्डाै – सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।   झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ । उज्यालोअनलाइन बाट
काठमाडौंबाट काँकडभिट्टा गइरहेको बस पूर्व–पश्चिम राजमार्गको पुलबाट खस्दा

काठमाडौंबाट काँकडभिट्टा गइरहेको बस पूर्व–पश्चिम राजमार्गको पुलबाट खस्दा

News
राजविराज : काठमाडौंबाट काँकडभिट्टा गइरहेको बस आइतबार सप्तरीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको महुली खोला पुलबाट यात्रुबस नौ फिट तल झरेको हो । ना. ६ ख ३१८९ नम्बरको फिफा डिलक्स बस पुलबाट झरेर दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।  चालकसहित २४ जना सवार बस अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको यात्रुृले बताए । दुर्घटनामा घाइते झापाको अनारमनी नगरपालिका–३ का ३० वर्षीय लेखनाथ ओलीको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी झापा–२ का ३३ वर्षीय अशोककुमार राजवंशी, त्यही ठाउँका ५५ वर्षीया बसमती राजबंशी र मेची नगरपालिका–१४ का ३० वर्षीय रेवती पौडेलको सिटीकेयर अस्पताल महुलीमा उपचार भइरहेको छ ।  यसैगरी बस चालक सिन्धुली तीनकन्या गाउँपालिका–३ का ३० वर्षीय टुपबह
कक्षा ११ र १२ को परीक्षा सर्न सक्ने

कक्षा ११ र १२ को परीक्षा सर्न सक्ने

News
राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही कक्षा ११ र १२ को परीक्षा सर्न सक्ने देखिएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधिभर ती कर्मचारीलाई सामायोजन नगर्न अनुरोध गर्दै मन्त्री पोखरेललाई सोमबार पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी गराए । बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । अधिकांस समायोजनमा परेका शिक्षा मन्त्रालयका उपसचिव हुन् । त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका
आफैंले बोकेको बन्दुक पड्किएर जवानको मृत्यु

आफैंले बोकेको बन्दुक पड्किएर जवानको मृत्यु

News
धनकुटा — नेपाली सेनाका एक जवानको आफैंले बोकेको बन्दुक (एम १६) पडि्कएर मृत्यु भएको छ । उक्त घटनामा धनकुटाको सल्लेरीस्थित सेनाको वरख गणमा कार्यरत ३५ वर्षीय चेतराज जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ । ड्युटीमा रहेको बेला शनिबार राति ८:५० बजे गोली लाग्दा गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। डोटीको भूमिराजमाण्डु घर भएका जैसीको छातीमा एक गोली लागेको जनाइएको छ। घटनाको प्रकृति र लास जाँच मुचुल्काबाट जैसी आफैंले गोली चलाएर आत्माहत्या गरेको प्रहरीको अनुमान छ। जैसीले घटना हुनु केही समय पहिले साथीसँग ऋणका कारण आफू चरम तनावमा रहेको बताएको स्रोतले जनाएको छ।विवाहित जैसीकी पत्नी धनकुटामा रहेको र उनी अचेत छिन्। पोस्टमार्टमपछि जोसीको लास आफन्तलाई जिम्मा लगाइएको छ। कान्तिपुरदैनिक बाट
क्रिकेट रंगशाला बनाउन गायक शिव परियारको पनि सहयोग

क्रिकेट रंगशाला बनाउन गायक शिव परियारको पनि सहयोग

News
धुर्मुस सुत्नाली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि देश विदेशबाट सहयोग जुटिरहेको छ । नेपाली क्रिकेटको विकास चाहने सबैले देश बिदेसबाट सानो ठुलो अभियान गरिरहेका छन् । नेपाली क्रिकेटको लागि निकै मह अभियानका रुपमा हेरिएको धुर्मुस सुन्तलीको यो कदमलाई देशकै ठुलो परिकल्पनाको रुपमा लिइएको छ । सरकारले समेत रंगशाला बनाउन नसकेको अवस्थामा निजि स्तरबाट अन्तर्राष्ट्रिय मापदण्डको बृहत क्रिकेट रंगशालाको परिकल्पना गर्नु चानचुने कुरा भने होइन । यसै क्रममा धुर्मुस सुत्नाली फाउन्डेसनलाई यो अभियानमा कलाकारहरुले समेत साथ लिइरहेका छन् । यसै क्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक शिव परियारलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा साथ दिने भएका छन् । जिन कुरा सिताराम कट्टेलले फेसबुकमार्फत जानकारी गराएका छन् । हेर्नुस नेप
भेनेजुएला संकटबारे अमेरिकासँग वार्ता गर्न रुसको आग्रह

भेनेजुएला संकटबारे अमेरिकासँग वार्ता गर्न रुसको आग्रह

News
मस्को : भेनेजुएलामा गहिरिँदै गरेको राजनीतिक संकट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभोरेभले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । अमेरिकाले भेनेजुएलाको राजनीतिमाथि चासो देखाइरहँदा रुसबाट यस्तो वक्तव्य आएको हो । भेनेजुएलाको राजनीतिक समाधान सल्टाउन आफूहरु तयार रहेको विज्ञप्तिमा उल्लेख छ । विदेशमन्त्री सर्गेइले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भने यसबारे कुरा गरिसकेको पनि बताएका छन् । साथै अमेरिकाले भेनेजुएलाको राजनीतिमा देखाएको चासोमा आफ्नो समर्थन रहने तर संयुक्त राष्ट्रसंघलाई मान्नुपर्ने रुसको भनाइ छ । यसका लागि आफूहरुले सहजीकरण गर्ने पनि रुसले जनाएको छ । अमेरिकाले भने भेनेजुएलाका प्रतिपक्षी नेता हुआँ ग्वाइदोलाई नै आधिकारिक राष्ट्रको रुपमा स्वीकार गर्दै निकोलस मादुरोलाई पदबाट हट्न दबाव दिँदैआएको छ ।प्
पूर्व–पश्चिम राजमार्गको पुलबाट खस्यो बस, १३ यात्रु घाइते

पूर्व–पश्चिम राजमार्गको पुलबाट खस्यो बस, १३ यात्रु घाइते

News
राजविराज : काठमाडौंबाट काँकडभिट्टा गइरहेको बस आइतबार सप्तरीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको महुली खोला पुलबाट यात्रुबस नौ फिट तल झरेको हो । ना. ६ ख ३१८९ नम्बरको फिफा डिलक्स बस पुलबाट झरेर दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएको सप्तरी प्रहरीले जनाएको छ । चालकसहित २४ जना सवार बस अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको यात्रुृले बताए । दुर्घटनामा घाइते झापाको अनारमनी नगरपालिका–३ का ३० वर्षीय लेखनाथ ओलीको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी झापा–२ का ३३ वर्षीय अशोककुमार राजवंशी, त्यही ठाउँका ५५ वर्षीया बसमती राजबंशी र मेची नगरपालिका–१४ का ३० वर्षीय रेवती पौडेलको सिटीकेयर अस्पताल महुलीमा उपचार भइरहेको छ । यसैगरी बस चालक सिन्धुली तीनकन्या गाउँपालिका–३ का ३० वर्षीय टुपबहादुर आलेमगरक
दुर्घटनाको पीडा : स्‍नेहाले माइतीघर पुग्‍नै पाइनन्

दुर्घटनाको पीडा : स्‍नेहाले माइतीघर पुग्‍नै पाइनन्

News
दार्चुला ः अकल्पनीय जीप दुर्घटनापछि दार्चुला अहिले शोकमा डुबेको छ । बिहे भोज खाएर घर जान हिँडेर एकै परिवारका तीनजनाले मृत्युवरण गरेपछिको पीडा वर्णन गरी साध्य छैन । बेलुका छिट्टै घर फर्किने बाचा गरेर नागरिकता बनाउन सदरमुकाम आएका बाबुछोरीले कहिल्लै नफर्कने गरी संसार छोडे । माइती भेट्न हिँडेकी छोरीले बिहे गरेको दुई हप्ता नबित्दै संसार छाडिन् । माइतीको आँगनमा पाइला टेक्ने उनको सपना पनि अधुरै रह्यो । एकै परिवारका तीन सदस्यले दुर्घटनामा ज्यान गुमाउँदा आफन्तलाई त पीडा त भयो नै यो घटनाले दार्चुला शोकमा डुबेको छ । ‘परिवारका तीनजनाको मृत्यु हुँदा आखिर कसको मन नरोला र ?’, गौरील मान्डु हिकीलाका प्रधानाध्यापक केशब दत्त बडूले भने, ‘दैव पनि एकै घरमा लाग्यो । कसैले कलपना नगरेको यो घटनाले हामीलाई मर्माहत बनाएको छ ।’ शुक्रबार राति राताकाठामा जिप दुर्घटना हुँदा त्यसमा सवार ११ जनाको एकचिहान भयो । कति
१३औं सागको नयाँ मिति घोषणा, आगामी डिसेम्बर १ देखि १० सम्म

१३औं सागको नयाँ मिति घोषणा, आगामी डिसेम्बर १ देखि १० सम्म

News
काठमाडौं :  नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को नयाँ मिति घोषणा गरिएको छ । नयाँ घोषित मिति अनुसार अब १३औं साग सन् २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै आयोजना हुनेछ । थाइल्यान्डको राजधानी बैंककमा शनिबार अबेर सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औं सागको नयाँ मिति तय गरेको हो । हाल बैंककमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठक भइरहेको छ । सोही अवसर पारेर आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पनि बसेको हो । नेपालले आयोजनाको जिम्मेबारी लिएयता १३औं सागको मिति तेस्रो पटक सारिएको हो । सरकारले समयमै बजेट उपलब्ध नगराउँदा भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएको कारण देखाउँदै नुवाकोटको ककनीमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले १३औं सागको मिति सार्ने निर्णय गरेको थियो । सोही अनुरुप नेपाल ओलम्पिक कमिटी (एनओसी) मार
प्रयटन मन्त्रि रबीन्द्र अधिकारी लगायत सम्पुर्ण मृतक प्रति समर्पित पुष्कल शर्माको गीत #कालो_दिन

प्रयटन मन्त्रि रबीन्द्र अधिकारी लगायत सम्पुर्ण मृतक प्रति समर्पित पुष्कल शर्माको गीत #कालो_दिन

News
प्रयटन मन्त्रि रबीन्द्र अधिकारी लगायत सम्पुर्ण मृतक प्रति समर्पित पुष्कल शर्माको #कालो_दिन सबका प्यारा भगवान इन्द्रइन्द्र जस्तै थियौनी रबिन्द्ररवीन्द्र अधिकारीको निधन शोकमा बन्यो रुहाउने यस्तो गीत (भिडियो)काठमाडौं, १९ फागुन । ताप्लेजुङमा गएको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन शोकमा गाइएको एउटा गीत भाइरल बनेको छ । युट्युवमा उक्त गीतले चर्चा पाउन थालेको छ । उनले राजनीतिक जीवनमा दिएको योगदानलाई आधारमा उक्त गीत बनाइएको हो ।गीतमा अधिकारीको विद्यार्थी राजनीतिदेखि मन्त्री नियुक्त हुँदासम्म भए गरेका योगदानको चर्चा छ । गीतमा लोक कलाकार पीएन साईलाले स्वर दिएका छन् । गीतको शव्द भने पत्रकार श्यामशुन्दर पुडासैनीले तयार पारेका हुन् ।